नवनिर्वाचित राष्ट्रियसभा सदस्य पासवानलाई बारा, पर्सामा भब्य स्वागत

तराई मधेश
पाठक संख्या : 103

सिकेन्द्र पासवान
बारा १४ माँघ
नव निर्वाचित राष्ट्रिय सभा सदस्य धमेन्द्र पासवानलाई बाराको सदरमुकाम कलैयामा भब्य स्वागत गरिएको छ ।
नेपाली काँग्रेसका सहमहामन्त्री फरमुल्लाह मंसुर, पुर्व मन्त्री कलावती पासवान, कोल्हवी नगरपालिकाका नगरप्रमुख रामप्रसाद चौधरी, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य सिकेन्द्र पासवान, राष्ट्रिय दलित पत्रकार महासंघका बारा जिल्ला अध्यक्ष उपेन्द्र पासवान, कलैया उपमहानगरपालिका वडा नम्बर १७ का वडा अध्यक्ष दिपेन्द्र कुसवाहाँ लगायतकाले दोसल्ला ओढाई सम्मान गरेका थिए ।
सम्मान ग्रहण गर्दै राष्ट्रिय सभा सदस्य पासवानले संघिय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै राज्य द्धारा पछाडी पारिएको बर्ग साख गरि दलित, मुस्लिम, पिछडा वर्ग अल्पसंख्यलाई राज्यको मुलधारमा ल्याउनका लागि म जोडदार रुपमा सडक र सदनमा अवाज उठाई रहने प्रतिवद्धता ब्यतm गरेका थिए । केवल म पद धारण गर्नका लागि नभई नेपाली काँग्रेसको मधेस प्रदेशमा ३द्द वटै सिटमा दलितको भोट दिलाउनका लागि आफनो स्तरबाट कुनै कसर बाकी नराख्ने प्रतिवद्धता जाहेर गर्दै जिल्ला दौडहा गर्ने उदघोष समेत गरे ।
यसैगरि नेपाली काँग्रेस पर्सा जिल्ला क्षेत्र नम्बर २ का उम्मेदवार अजय कुमार चौरसिया, क्षेत्र नम्बर १ का उम्मेदवार अनिल कुमार रुगटा, नेपाली काँग्रेस पर्साका जिल्ला सभापति जनारधन सिंह क्षेत्री लगायतकाले दोसल्ला ओढाई सम्मान गरेका थिए ।

ट्याग :