संघिय लोकतान्त्रिक गणतन्त्र नेपाललाई संस्थागत गर्ने काम काँग्रेसले मात्र गर्न सक्छ ः सहमहामन्त्री मंसुर

तराई मधेश
पाठक संख्या : 39

सिकेन्द्र पासवान
बारा १४ माँघ
नेपाली काङ्ग्रेसका केन्द्रीय सहमहामन्त्री फर्मुल्लाह मन्सूरले संघिय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत नेपाली काँग्रेस पार्टीले मात्र गर्ने बताएका छन ।
बारा सदरमुकाम कलैयामा जेन्जी युवाहरुको भेटघाट कार्यक्रममा सम्बोधन गर्दै मन्सूरले इतिहासले पनि देखाइसकेको छ—देश जबजब कठिन परिस्थितिमा परेको छ, तब नेपाली काङ्ग्रेस नै मुलुकलाई सही दिशातर्फ अघि बढाउने गरेका स्मरण गर्दै लोकतन्त्र स्थापना, संविधान निर्माणदेखि शान्ति प्रक्रियासम्मका सबै निर्णायक मोडमा काङ्ग्रेसको नेतृत्वदायी भूमिका खेलेका बताए ।

देश फेरि अस्थिरता, निराशा र अविश्वासको चक्रमा फस्न खोजिरहेको उल्लेख गर्दै त्यसबाट देशलाई निकाल्न काँग्रेस पार्टी मात्र सक्षम रहेको धारणा ब्यतm गरे ।
आगामी निर्वाचनलाई देशको भविष्य तय गर्ने निर्णायक अवसरको रूपमा व्याख्या गर्दै लोकतन्त्र, संविधान र समावेशी विकासको रक्षा गर्न नेपाली काङ्ग्रेसलाई बलियो बनाउन सबै लोकतन्त्रप्रेमी नागरिक एकजुट हुनुपर्नेमा जोड दिदै रुख छापमा मतदान गर्न आग्रह समेत गरेका थिए ।

सोही कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काङ्ग्रेसका जिल्ला सचिव राजेश रौनियारले नेपाली कााग््ेस बदलेर अव देश बदल्ने जिम्मेवारी नेपाली काँग्रेसका सभापति गगन कुमार थापाको काँधमा रहेको बताउदै काँग्रेसमा यूवाहरुको सहभागिताले काँग्रेसमा उर्जा ल्याएको जानकारी दिए । काङ्ग्रेसप्रति बढ्दो जनसमर्थनले पार्टी पुनः निर्णायक भूमिकामा पुग्ने विश्वास व्यक्त सचिव रौनियारले गर्दै काँग्रेस बलियो भयो भने मात्र मुलुकमा लोकतन्त्र बलियो हुने बताए ।

 

ट्याग :