सिकेन्द्र पासवान
बारा ५ माँघ
नेपाली कांग्रेसले बाराको चारवटै निर्वाचन क्षेत्रमा उम्मेदवार तय गरेको छ । नेपाली काँग्रेसका सहमहामन्त्री उमाकान्त चौधरीलाई ठुलो झटका दिदै बारा निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली काँग्रेस पार्टीका नव निर्वाचित केन्द्रिय सदस्य शम्भु बहादुर बुढाथोकीले संघिय साँसदको टिकट पाएका हुन । कांग्रेस सहमहामन्त्री फरमुल्लाह मन्सुरको गृहजिल्ला समेत रहेको बारामा चारवटै निर्वाचन क्षेत्रमा गगन पक्षधर उम्मेदवारहरुले टिकट पाएको नेपाली काँग्रेस बारा निर्वाचन क्षेत्र नम्बर १ का क्षेत्रिय सभापति बिजयशंकर यादवले जानकारी दिए । बुढाथोकी संविधानसभा सदस्यका लागि तत्कालिन निर्वाचन क्षेत्र नम्बर ५ मा नेपाली काँग्रेसबाट टिकट पाएका थिए । १४ औ महाअधिवेशमा नेपाली काँग्रेस बारा जिल्ला सभापतिको उम्मेदवार बनेकोमा थोरै मतले प्राजय भएका थिए । यूवाहरुको माझ निकै लोक प्रिय नेता बुढाथोकी काँग्रेस भित्र एउटा छुटै पहिचान बनाउन सफल भएको पात्र हुन भने पार्टीमा सधैव सहमति, सहकार्य र एकताको पक्षमा रही काँग्रेस पार्टीको मुल्य मान्ता र आदर्शलाई आत्मसाथ गरि नेता , कार्यकर्ताहरुको भवनालाई कदर गर्दै पार्टीको कामकाजमा निकै सक्रिय रुपमा कामगर्दे आएका अनुभवी नेताको रुपमा उनी चिनिन्छ ।
बुढाथोकीलाई टिकट पाएसंगै बारा निर्वाचन क्षेत्र नम्बर १ को चुरेको फेदी देखि भारतको सिमा नाका जोडिएको तल सिम्रौनगढ नगरपालिका सम्मका जनतामा र खास गरि यूवा माझमा निकै खुसीयाली छाएको नेपाली काँग्रेसका उपसभापति चन्द्रशेखर कुमार यादवले जानकारी दिए । टिकट पाएसंगै जनतामा देखिएको उत्साहले उनको जीत करिब निश्चित जस्तै रहेको उपसभापति यादवको कथन रहेको छ । शिक्षा, स्वास्थ्य,बाटोघाटो, बिजुली, सिचाई, शुद्ध खानेपानी, कृषि, जनताको गास, बास र कपासका लागि निरन्तर अवाज उठाउदै आएका नेताका रुपमा बुढाथोकी क्षेत्र नम्बर १ मा चिनिन्ने गरेका हुन । क्षेत्र नम्बर १ मा ३ नगरपालिका निजगढ, कोल्हवी, सिम्रौनगढ र दुई गाँउपालिका बारागढी र आदर्श कोतवाल गाँउपालिका रहेको छ ।
सरल स्वभावका नेता बुढाथोकीनिकै लगनशिल, अनुभवी, अनुसाशित, कर्मसिल रहेका हुन । उनलाई अन्य दलका नेता तथा कार्यकर्ताहरु समेत रुचाउने गर्दछ । गरिब , असहाय, दिनदुखीलाई सहयोग गर्दे आएका हुन । नेपाली काँग्रेसबाट निर्वाचन क्षेत्र नम्बर २ मा भैयाराम यादव, ३ मा फरमुल्लाह मन्सुर र ४ मा श्यामबाबु गुप्तालाई उम्मेदवार तय गरिएको नेपाली काँग्रेसका जिल्ला सचिव राजेश रौनियारले जानकारी दिए ।