सिकेन्द्र पासवान
बारा १२ माँघ
नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवम बारा निर्वाचन क्षेत्र नम्बर १ का साँसदका उम्मेदवार शम्भु बहादुर बुढाथोकीले काँग्रेस मुलुक कै ठुलो पार्टी हुने बताएका छन ।
बाराको निर्वाचन क्षेत्र नम्बर १ झरौखर पोखरीमा नेपाली काँग्रेस सिम्रैौनगढ नगरपालिकाका नगर समितिको आयोजनामा गरिएको बृहत भेलालाई सम्बोधन गर्दे बुढाथोकीले बदलिएको काँग्रेसले देशको मुहार फेर्ने शतिm र समार्थ बोकेको ब्यतिm नेपाली काँग्रेसका सभापतिमा गगन कुमार थापा निर्वाचित भएको हुदा उनको विचारबाट काँग्रेस बदलेर रुख चिन्हमा मतदान गरि यो देशको सबै भन्दा ठुलो पार्टी बनाउन नेपाली जनता आतुर रहेको उनले भने ।जब जब देशमा कुनै संकट आउने गर्दछ त्यसको समाधान नेपाली काँग्रेस पार्टीले नै गर्ने गर्दछ त्यस कारणले पनि नेपाली जनता काँग्रेसमा विस्वास राखेका छन केन्द्रिय सदस्य समेत रहेका बुढाथोकीले जानकारी दिए । आफु यो क्षेत्रका लागि रात दिन संर्घष गर्दै आएको स्मरण गराउदै यहाँको जनताको दुखसुख राम्रो संग बुझेको छु , यो माटोलाई बुझेको छु त्यस कारणले पनि यहाँहरुसंग मेरो लगाव रहेको उनले भने । रुख चिन्हमा मतदान गरेर नेपाली काँग्रेसलाई बिजय गराउन सबैलाई अपिल गरे । नगरसभापति नागेन्द्र प्रसाद साहको अधयक्षतामा सम्पन्न सो कार्यक्रममा नेपाली काँग्रेस मधेस प्रदेशका उपसभापति चन्द्रशेखर कुमार यादव, प्रदेश सदस्य उपेन्द्र जयसवाल, नेपाली काँग्रेस बारा निर्वाचन क्षेत्र नम्बर १ का क्षेत्रिय सभापति बिजयशंकर यादव लगायतका नेताहरुल पार्टी सभापति गगन कुमार थापाको मार्ग निर्देशन, विचार र देश जनता प्रति देखाएको सर्मपनले नै काग्रेसलाई एक न्याँ दिशा दिएको हुदा बदलिएको काँग्रेसले यो देशलाई पनि बदलिन चाहेको हुदाँ रुख चिन्हमा मतदान गरि उम्मेदवार शम्भु बहादुर बुढाथोकीलाई बिजय गराउन सबैमा अपिल समेत गरेका थिए । सो अवश्रमा क्षेत्रिय सभापति यादवले नगरभित्रका पार्टी, भातृ संगठनका प्रमुखहरु, स्वेच्छुक संस्थाहरुलाई काँग्रेसमा महौल निर्माण गर्न आवहान समेत गरेका थिए । सो कार्यक्रममा उल्लेखय सहभागिता रहेको थियो ।