सिकेन्द्र पासवान
बारा २२ पुस
प्रसौनी गाँउपालिका बेरुजी फरछयौटमा बारा जिल्लामा पहिलो र मधेस प्रदेशमा तेस्रो स्थान प्राप्त गरि नमुना काम गरिरहेको हुदा जिल्ला भरी गाँउपालिका अध्यक्ष बिनोद प्रसाद जयसवारको चर्चा हुन थालेको छ ।
आर्थिक बर्ष २०८०÷८१ सालमा सो सफलता प्राप्त गरेपछि प्रसौनी गाँउपालिकाको बिकास तर्फको काममा प्रगर्ति हुन थालेपछि स्थानियहरु हर्षित बनेका छन । अर्को सकरातमक काम भनेको प्राकृतिक स्रोत तथा वित व्यवस्थापन आयोजक द्धारा सर्वेक्षण गरिएको कार्य सम्पादन मुल्याङनमा जिल्लामा पहिलो र मधेस प्रदेशमा तेस्रो स्थाल प्राप्त गरि पालिकाका लागि अर्को कृर्तिमान गर्दै उचाईमा पुगाउने काम भएको छ पालिकाका अध्यक्ष जयसवारले बताए । यसको स्रेह सबै जननिर्वाचित प्रतिनिधी, कर्मचारीले पाउनु स्वाभाविक नै रहेको छ ।
त्यति मात्र नभई पालिकालाई जिल्लामा नै उतकृष्ट हुने गरि ठुला ठुला योजनाको निर्माण गरि पर्यटन प्रर्वद्धन संगै शिक्षा, स्वास्थ्य, कृषि तर्फका कामहरु अगाडी बढाएको उनले जानकारी दिए । प्रसौनी गाँउपालिका वडा नम्बर ३ नौतन टोलमा रहेको पोखरीलाई सौन्दर्यकरण गरि बिरगंजको घडियर्वा पोखरी जस्तै बनाउने सोच अनुसार करिब ९ करोडको लागतमा निर्माण कार्य भईरहेको र यही आर्थिक बर्षमा उदघाटन गर्ने गरि काममा तिब्रता दिएको गाँउपालिका अध्यक्ष जयसवारले भने । यो निर्माण भएपछि पर्यटनको आगमनले आर्थिक आमद्यानी पनि पालिकामा हुने र कयौले रोजगारीको अवसर पनि पाउने उनले बताए ।
बिहे, ब्रतबनध, अनुष्ठान लगायतका कामका लागि नगरवासीहरुलाई सहज र सुविधा होस भन्ने उदेश्यका साथ प्रसौनी गाँउपालिका वडा नम्बर १ मा साढे ७ करोडको लागतमा अलिसान टाउन हल निर्माण भईरहेको छ भने वडा नम्बर ७ बंन्जरीयामा रहेको सोहरी पोखरी निर करिब २ करोडको लागतमा पिकनिक स्पोर्ट निर्माण गरिरहेको अध्यक्ष जयसवारको भनाई रहेको छ । २०७९ सालमा चुनाव लडदाको अवस्थामा जनतासंग बच्चा गर्दै ३० वटा ठुला महत्वपुर्ण कामहरु गर्नेछु भनेर प्रतिवद्धता गरेका थिए सोही अनुरुप ती कामहरुको थालनी गरिरहेको छु पालिका अध्यक्ष जयसवारले बताए ।
प्रभावकारी रुपमा शिक्षा हासिल गर्नका लागि यहाँका बिधार्थीहरु बिरगंज, हेटौडा, काठमाडौ र भारतको विभिन्न ठाँउमा गएर चर्को मुल्य तिरी पठनपाठन गर्ने गरेको तथा यहाँको नागरिकका छोराछोरीको बाध्यतालाई मध्यनजर गर्दै वडा नम्बर २ मा रहेको बेगा साह माध्यमिक बिधालयमा सपथ ग्रहण गरेपछि लगतै कक्षा ६ देखि १० सम्म अग्रेजी माध्यममा दक्ष जनशतिm राखी पाठनपाठन शुरु गरेपछि यहाँका नागरिकलाई बर्षेनी करिब १ करोड ९ लाख रुपैयामा बचत गराएको गाँउपालिका अधयक्ष जयसवारले जानकारी दिए ।
त्यती मात्र होईन बेंगा साह माध्यमिक बिधालयलाई अझै व्यवस्थित बनाउनका लागि भारतिय दुवावासबाट ४ करोड ५० लाख रुपैया अनुदान लिई सुविधा सम्पन्न व्यवस्थित लाईब्रेरि सहितको भवन निर्माणको काममा पालिका जुटी रहेको उनले भने । प्रसौनी चोकको उतरपट्र्टी रहेको बाटोमा लामो समय देखि हाट बजार संचालनमा रहेको हुदा गाडी, गडा संचालनमा अवरोध हुनुको साथै नागरिकलाई समेत असजिलो हुने गरेको हुदा व्यवस्थित बजार निर्माण कार्यको चाडै टेन्डर गरि चोकको पछिचमपर्टी हाट बजार निर्माण गर्ने काम अगाडी बढाउने सोच अनुरुप प्रक्रिया अगाडी बढाएको जानकारी गराए ।
बर्षायाममा प्रसौनी गाँउ, बजार क्षेत्रको पानीको निकास नहुदा नागरिकलाई सास्ती भाग्नुको साथ साथै सो ठाँउहरु जलमग्न हुने बाध्यतालाई चिरदै करिब ४ करोडको लगानीमा ढल निर्माण गरि पानीको निकास बनाएपछि यहाँका स्थानियहरुले राहत महसुस गरिरहेको छ गाँउपालिका अध्यक्ष जयसवारले भने । वडा नम्बर ७ बलुवामा बिधालय नरहेको हुदा यहाँका बिधार्थीहरु करिब ढेड किलो मिटर दुरीमा रहेको बेहरा, हरपुरमा रहेको बिधालयमा गई पठनपाठन गर्ने गरेको बाध्यतालाई आत्मसात गरि करिब १ करोड १० लाखको लागतमा ६ कोटो भवन निर्माण गरि शोभाराम चन्द्र अधारभुत बिधालय संचालन गरि त्यहाँका बालबालिकाहरुलाई गाँउमा पढन वतावरणको निर्माण गराएको छु उनले जानकारी दिए । शिक्षालाई अझै गुणस्तर बनाउनका लागि पालिकाको हरेक बिधालयमा कक्षा ३ सम्म अग्रेजी माध्यममा शिक्षा प्रदान गराउने व्यवस्था मिलाएको छु अध्यक्ष जयसवारले जानकारी गराए ।
पालिकाका अझै थुप्रै कामहरु गरिरहेको बताउदै अझै केही गरौ भने चहना राखेर आगडी बढदै गर्दा बिकास नचाहनेहरु खुटा तान्ने गरेको भएपनि आफु अलिकति पनि विचलित नभई यहाँका जनतालाई दिने सेवामा कुनै प्रकारको कमी नगर्न मातहतका सबैलाई निर्देशन दिई दतचत भई अगाडी बढनमा कुनै कसर बाकी नराख्न भनी सकेको छु पालिकाका अध्यक्ष जयसवारले जानकारी दिए ।
निर्वाचनमा जनतासंग गरेका केही बच्चाहरु अधुरा रहेको छ । ती बच्चाहरुलाई मेरो कार्यकाल सम्म पुरा गर्नका लागि आफनो बलबुताले भ्याए सम्म पुरा गर्ने डृढ सकल्प लिएको छु पालिका अध्यक्ष जयसवारले भने । १ जनालाई पालिकाको फुल स्कौलर सिपमा एमबिबियस, १ जना ईन्जीनयिरमा छात्रबृति प्रदान गरि पढाउने कामको थालनी पनि चाडै गर्ने बताउदै पालिका अध्यक्ष जयसवारले बलुवाका जनताहरुलाई स्वास्थ्य सेवा लिन अपायक पर्ने भएको हुदा बलुवामा नै उपस्वास्थ्य चौकीको लागि भवन निर्माण गरि जनशतिm परिचालन गरि त्यहाँका जनताहरुलाई त्यही ठाँउबाट स्वास्थ्य सेवा प्रदान गर्ने सोच अनुरुप चाडै नै प्रक्रिया अगाडी बढाउने उनले भने ।
पालिकाकालाइृ हराभरा बनाउनुको साथ साथै शुद्ध खानेपानी, सहज बिजुलीबती बाटोघाटो निर्माण पुलपुलेसा निर्माण,मठ मन्दिर, मस्जिद निर्माण सिचाई लगायतका कामहरु उच्च प्राथमिकतामा राखी प्रसौनी गाँउपालिकाकालाई सुन्दर प्रसौनी बनाउने अभियानमा सबैसंग हातेमाले गरि अगाडी बढनका लागि आफु सधैव त्यार रहेको बताउदै सबैको सहयोग उतिकै अपरिहार्य रहेको अध्यक्ष जयसवारले जानकारी दिए ।
वडा नम्बर ४ का स्थानिय चन्दन कुमार कानुले पालिका अध्यक्ष जयसवार निस्वार्थ रुपमा प्रसौनी गाँउपालिकालाई सुन्दर गाँउपालिका बनाउने अटोट गरे अनुसारको कामकाज जुन अगाडी बढाउको जुन एकदमै सकरात्मक रहेको छ उनले बताउदै अध्यक्ष जय गूरुदेवमा लामो समय देखि आवद्ध भएको हुदा उनी झुठको खती कहिले नगर्ने जुन कुरापनि साचो बोल्ने गर्दछ । जनतालाई दिएको बच्चा पुरा गर्ने खालको जनप्रतिनिधी हामीलाई पाएको छ जुन गर्वको बिषय छ कानुले भने ।